सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

एमालेको पालिका अधिवेशन: भक्तपुरमा बन्द सत्र लम्बियो

बुधबार, १० कात्तिक २०७८, १० : ३६
बुधबार, १० कात्तिक २०७८

 नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ । एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए । 

चार वटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन देउजालगायत लागिपरेका छन् । केही नगरमा आज सहमति भएमा बन्द सत्र सुरु गर्ने र भोलिसम्म सबैमा नेतृत्व चयन भइसक्ने नेताहरुको भनाइ छ ।

एमालेको नयाँ विधान अनुसार नगर कमिटी ७५ सदस्यीय हुने छ । जसमा पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिब र २ उप सचिब चयन हुनेछन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप