शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहयुद्ध रोक्न सत्ता कब्जा गर्‍यौं, प्रधानमन्त्री मेरै घरमा छन् : सुडानी सेनाप्रमुख

बुधबार, १० कात्तिक २०७८, १० : ३२
बुधबार, १० कात्तिक २०७८

सुडानका सेनाप्रमुख जनरल अब्देल फताह अल बुर्हानले सत्ता कब्जा गर्ने कदमको बचाउ गरेका छन् । उनले गृहयुद्ध रोक्नका लागि सरकारलाई अपदस्थ गरिएको बताए । अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्दोकलाई आफ्नै घरमा राखेको पनि बुर्हानले बताए ।

‘प्रधानमन्त्री उनकै घरमा थिए । यद्यपी, हामीलाई उनी खतरामा छन् भन्ने लाग्यो । त्यसपछि मैले मेरै घरमा ल्याएर राखेको छु ,’ उनले भने । यता, सेनाले सत्ता कब्जा गरेलगत्तै प्रदर्शनकारीहरुले सडक तताएका छन् । यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ठूलो मुडभेड भएको छ । 

‘सुरक्षाकर्मीविरुद्ध आक्रामक बनिरहेका नेताहरुलाई पन्छाउनुबाहेक अर्को विकल्प सेनासँग थिएन,’ सत्ता हातमा लिएयता पहिलोपटक पत्रकार सम्मेलनमा बोल्दै जनरल बुर्हानले भने,‘ गत साता हामीले देखेको खतराले हाम्रो देशलाई गृहयुद्धतर्फ धकेल्न सक्थ्यों । यसलाई रोक्नकै लागि सेनाले यो कदम चाल्यो ।’

सेनाले सोमबार सत्ता कब्जा गरेसँगै सुडानको संक्रमणकालिन प्रजातन्त्रको घाँटी पनि निमोठिएको छ । दुई वर्षअघि जनआन्दोलनको दबाब थेग्न नसक्दा सैन्य शासक ओमर अल बसिरले राजिनामा गरेका थिए । त्यतिबेला सेनाले नै साथ छाडेपछि बसिरको राजिनामा आएको थियो । बसिरको ३ दशक लामो राज समाप्त भएसँगै सुडानमा सेनासहितको सहमतिमा संक्रमणकालिन प्रजातान्त्रिक सरकार बनेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप