बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५–११ वर्षका बालबालिकालाई कोरोनाको खोपका लागि फाइजरलाई एफडीएको समर्थन

बुधबार, १० कात्तिक २०७८, १० : २५
बुधबार, १० कात्तिक २०७८

पाँचदेखि ११ वर्षका बालबालिकालाई कोरोनाको भ्याक्सिन दिने विषयमा अमेरिकी सरकारको एउटा प्यानलले फाइजरको पक्षमा आफ्नो निर्णय सुनाएको छ । अमेरिकी नियामक संस्था एफडीए (फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन) ले मंगलबार यो निर्णयको समर्थन गरेको छ ।

अब यसलाई सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनको मञ्जुरीको प्रतीक्षा छ । नोभेम्बर २ सम्म यसबारे निर्णय आइसक्ने बताइएको छ । यस्तो भएको खण्डमा त्यसको भोलिपल्टदेखि नै खोप अभियान सुरु हुनसक्ने आँकलन गरिएको छ । अमेरिकामा पहिला नै ५ देखि १२ वर्षका बालबालिकालाई खोप दिइँदैछ ।

सेप्टेम्बरमा कम्पनीले दिएको जानकारी अनुसार परीक्षणपश्चात् कोभिडको खोप बालबालिकाको त्यो वर्गका लागि पनि सुरक्षित छ । फाइजरले १२ वा सोभन्दा बढी उमेरका बालबालिकाको भ्याक्सिनका लागि पहिले नै मान्यता पाइसकेको छ ।

सोमबार मोडर्नाले उसको भ्याक्सिन बालबालिकामा कोरोनाबाट लड्ने एन्टीबडी विकसित गर्नमा सक्षम पाइएको र नियामक संस्थालाई आफ्नो ट्रायलको डाटा सुम्पिइने जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप