शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलवायु सम्मेलनमा महारानी एलिजावेथ उपस्थित नहुने

बुधबार, १० कात्तिक २०७८, १० : २१
बुधबार, १० कात्तिक २०७८

बेलायती महारानी एलिजावेथ स्कटल्यान्डको ग्लासगोमा हुने सिओपी२६ जलवायु सम्मेलनमा उपस्थित नहुने भएकी छिन् । डाक्टरहरुले आराम गर्नुपर्ने सुझाव दिएकाले उनले सम्मेलनमा सहभागी नहुने निर्णय लिएकी हुन् । 
स्वास्थमा समस्या देखिएपछि गत बुधबार ९५ वर्षीय महारानी उत्तरी आयरल्यान्डको भ्रमण स्थगित गरेर अस्पताल गरेकी थिइन् । मंगलबारदेखि उनले फेरि आफ्नो काममा सक्रियता देखाएकी छिन् । उनले भिडियोमार्फत राजदूतहरुसँग बैठक पनि गरेकी छिन् । 

यद्यपी ग्लासगोमा हुने सम्मेलनमा उनी सहभागी हुन नसक्ने बुकिंगह््याम दरबारले जनाएको छ । महामारीले भिडियोमार्फत आफ्नो सन्देश दिनेछिन् । महारानीले जलवायु परिवर्तनबाट यस ग्रहलाई जोगाउनका लागि सबै देशहरुे महत्वपूर्ण कदम चाल्नुपर्ने आशय व्यक्त गर्दै आएकी छिन् । यसै महिना वेलिस संसद्को उद्घाटन शत्रमा बोल्दै महारानीले जलवायु परिवर्तनबारे मानिसहरुले चर्चा गरेपनि ठोस कदम नचाल्नु निकै निराशाजनक रहेको बताएकी थिइन् । 

सिओपी२६ सम्मेलन प्रभावकारी र सफल होस् भन्ने महारानीको अपेक्षा छ । आफ्नो अनुपस्थितीलाई अरुले सम्मेलनमा सहभागी नहुने बहाना नबनाउन् भन्ने पनि उनको अपेक्षा छ । अक्टुबर ३१ देखि सुरु हुने सम्मेलनमा झन्डै २ सय देशका प्रतिनिधिहरु सहभागी हुनेछन् । यस सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख, कार्यकारी प्रमुख र विशिष्ट अतिथीहरुसहित २० हजारभन्दा धेरैल सहभागीता जनाउने अनुमान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप