शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले गोदावरी नगर अध्यक्षमा थापा सर्वसम्मत, मेलम्चीमा फेरि सर्‍यो

बुधबार, १० कात्तिक २०७८, १० : ०६
बुधबार, १० कात्तिक २०७८

नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । अधिवेशनले नन्दश्यमा महर्जनलाई उपाध्यक्ष, मिथुन महर्जनलाई सचिव तथा राजेन्द्र न्यौपाने र नमि सिलवाललाई उपसचिवमा चयन गरेको छ ।

ललितपुर महानगरपालिकामा आस्था शाक्य, महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ, महाँकाल गाउँपालिकामा पुरुषोत्तम हुमागाईँ, कोञ्ज्योसोम गाउँपालिकामा कविन्द्र स्याङ्बा र बागमती गाउँपालिकामा नवराज सञ्जेलको अध्यक्षतामा किमिटी सर्वसम्मत चयन गरिएको नेकपा (एमाले) ललितपुरले जनाएको छ ।  

मेलम्चीमा फेरि सर्‍यो नगर अधिवेशन
नेकपा (एमाले) मेलम्ची नगरपालिकाको पहिलो नगर अधिवेशन फेरि सरेको छ । यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै कात्तिक १५ गतेका लागि सारिएको छ ।  नगर अधिवेशन आयोजक कमिटीको मङ्गलबार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । नगर संयोजक डम्बरबहादुर अर्यालले आन्तरिक तयारी नसकिएका कारण नगर अधिवेशन सारिएको जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप