शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जिरुको गोलसँग मिलान शीर्ष स्थानमा

बुधबार, १० कात्तिक २०७८, १० : ०२
बुधबार, १० कात्तिक २०७८

इटालियन सिरिएमा ओलिभिर जिरुले गरेको निर्णायक गोलको सहयोगमा एसी मिलान शीर्ष स्थानमा उक्लिएको छ । आर्सनल तथा चेल्सीका पूर्व स्ट्राइकर जिरुले टुरिनोविरुद्ध खेलको १४ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले राडे क्रुनिकको पासमा गोल गरेका थिए । गत सिजनको अन्त्यमा चेल्सीसँगको सम्झौता सकिएपछि उनी मिलान आएका थिए । मिलानबाट ६ वटा लिग खेलमा जिरुले ४ गोल गरेका छन् ।

यस जीतसँगै सिरिएमा १० खेलबाट मिलानले २८ अंक बटुलेको छ । ९ खेल खेलेको नापोलीको २५ अंक छ । नापोलीले बिहीबार बोलोग्नाको सामना गर्दैछ ।  यता, मिलानले आगामी आइतबार एएस रोमासँग प्रतिस्पर्धा गर्नेछ । लिगमा १८ अंकसहित इन्टर मिलान तेस्रो र १६ अंकसहित रोमा चौथो स्थानमा छन् । त्यसैगरी पाँचौ र छैटौं स्थानमा क्रमशः एटलान्टा र युभेन्टस् छन् । उनीहरुmले ९ खेलबाट समान १५ अंक बटुलेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप