यी हुन् सल्यानमा निर्वाचित एमाले पदाधिकारी

सल्यानका नौ वटै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तहहरूमध्ये नौ वटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू चयन भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जनाए ।
जस अनुसार शारदा नगरपालिकामा मधुसूदन शर्मा अध्यक्ष, राम बहादुर भण्डारी उपाध्यक्ष, महेश देवकोटा सचिव तथा सुरेन्द्र बुढा र प्रह्लाद श्रेष्ठ उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको एमाले सल्यानका उपाध्यक्ष भीम बहादुर सेनले जनाए ।
यस्तै बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष , उपेन्द्र वली उपाध्यक्ष, मोहन चन्द सचिव, भुपिन भण्डारी र शोभाराम भण्डारी उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको छ भने कपुरकोट गाउँपालिकामा द्रोण केसी अध्यक्ष, ललिता गिरी उपाध्यक्ष, रूपक बुढा सचिव तथा ईश्वर बुढा र रुपलाल बुढाथोकी सहसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको सेनले जनाए ।
कालिमाटी गाउँपालिकामा केशर बुढा अध्यक्ष, वीर ब वली उपाध्यक्ष,वेल ब चन्द सचिव, सुमित्रा राना र मिलन वली उप– सचिव रहेको ७३ सदस्यीय कमिटी चयन भएको छ भने त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खडका अध्यक्ष, शोभाराम डांगी उपाध्यक्ष, धनराज तुफान सचिव तथा मंगल रेउले र कुन्ता योगी उप– सचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको छ ।
छत्रेश्वरि गाँउपालिकामा ज्ञान बहादुर खडका अध्यक्ष, डुम बहादुर केसी उपाध्यक्ष, देवराज घर्ती सचिव, वसन्त वली उप– सचिव सहित ६७ सदस्यीय कमिटी र कुमार गाउँपालिकामा भैरव शाह अध्यक्ष, पम्फा खत्री उपाध्यक्ष, तारा बहादुर योगी सचिव, तेजविर कामी र सुरेश चन्द उप– सचिव रहेको ७० सदस्यीय कमिटी निर्माण भएको एमालेले जनाएको छ ।
यसेगरी सिद्धकुमाख गाउँपालिकामा पुष्पा कुमारी बोहरा अध्यक्ष, गोविन्द रेउले उपाध्यक्ष, लिल बहादुर रोका सचिव तथा गिर्दल रावत र वीरेन्द्र बोहरा उप–सचिव रहेको ६९ सदस्यीय कमिटी निर्माण भएको छ भने दार्मा गाउँपालिकामा बल बहादुर वली अध्यक्ष, गणेश बुढाथोकी उपाध्यक्ष, दीपक रोका सचिव तथा भावना वली र दीपक परियार उप– सचिव रहेको ६५ सदस्यीय कमिटी निर्माण भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म