बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् सल्यानमा निर्वाचित एमाले पदाधिकारी

बुधबार, १० कात्तिक २०७८, ०९ : ५९
बुधबार, १० कात्तिक २०७८

सल्यानका नौ वटै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तहहरूमध्ये नौ वटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू चयन भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जनाए ।

जस अनुसार शारदा नगरपालिकामा मधुसूदन शर्मा अध्यक्ष, राम बहादुर भण्डारी उपाध्यक्ष, महेश देवकोटा सचिव तथा  सुरेन्द्र बुढा र प्रह्लाद श्रेष्ठ  उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको एमाले सल्यानका उपाध्यक्ष भीम बहादुर सेनले जनाए ।

यस्तै बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष , उपेन्द्र वली उपाध्यक्ष, मोहन चन्द सचिव, भुपिन भण्डारी र शोभाराम भण्डारी उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको छ भने कपुरकोट गाउँपालिकामा द्रोण केसी अध्यक्ष, ललिता गिरी उपाध्यक्ष, रूपक बुढा सचिव तथा ईश्वर बुढा र रुपलाल बुढाथोकी सहसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको सेनले जनाए ।

कालिमाटी गाउँपालिकामा केशर बुढा अध्यक्ष, वीर ब वली उपाध्यक्ष,वेल ब चन्द सचिव, सुमित्रा राना र मिलन वली उप– सचिव रहेको ७३ सदस्यीय कमिटी चयन भएको छ भने त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खडका अध्यक्ष, शोभाराम डांगी उपाध्यक्ष, धनराज तुफान  सचिव तथा मंगल रेउले र कुन्ता योगी उप– सचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको छ ।

छत्रेश्वरि गाँउपालिकामा ज्ञान बहादुर खडका अध्यक्ष, डुम बहादुर केसी उपाध्यक्ष, देवराज घर्ती सचिव, वसन्त वली उप– सचिव सहित ६७ सदस्यीय कमिटी र कुमार गाउँपालिकामा भैरव शाह अध्यक्ष, पम्फा खत्री उपाध्यक्ष, तारा बहादुर योगी सचिव, तेजविर कामी र सुरेश चन्द  उप– सचिव रहेको ७० सदस्यीय कमिटी निर्माण भएको एमालेले जनाएको छ ।  

यसेगरी सिद्धकुमाख गाउँपालिकामा पुष्पा कुमारी बोहरा अध्यक्ष,  गोविन्द रेउले उपाध्यक्ष, लिल बहादुर रोका सचिव तथा गिर्दल रावत र वीरेन्द्र बोहरा उप–सचिव रहेको ६९ सदस्यीय कमिटी निर्माण भएको छ भने दार्मा गाउँपालिकामा बल बहादुर वली अध्यक्ष,  गणेश बुढाथोकी उपाध्यक्ष, दीपक रोका सचिव तथा भावना वली र दीपक परियार उप– सचिव रहेको ६५ सदस्यीय कमिटी निर्माण भएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप