शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले पालिका अधिवेशन : खोटाङका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

बुधबार, १० कात्तिक २०७८, ०९ : २७
बुधबार, १० कात्तिक २०७८

खोटाङका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुङ्गो लगाएको हो । एमाले खोटाङका अनुसार दुई नगरपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन् ।

यस्तै आठ गाउँपालिकामध्ये केपिलासगढीमा खगेन्द्र राई, ऐँसेलुखर्कमा  टेकेन्द्र राजभण्डारी, रावाबेँसीमा बलराम रिजाल, दिप्रुङ चुइचुम्मामा कृष्ण कार्की, साकेलामा बद्री राई, खोटेहाङमा विकास राई, जन्तेढुंगामा यमकुमार राई र वराहपोखरीमा दीर्घ मगरको अध्यक्षतामा पालिका कमिटी गठन भएको छ । पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था अनुसार जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाएका एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप