बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘एक व्यक्ति एक पद’ लागु गर्न विधानमा संशोधन गर्दै माओवादी

बुधबार, १० कात्तिक २०७८, ०८ : ४१
बुधबार, १० कात्तिक २०७८

नेकपा माओवादी केन्द्रले ‘एक व्यक्ति एक पद’ लागु गर्न विधानमा संशोधन गर्ने भएको छ । त्यसका लागि छिट्टै केन्द्रीय समिति बैठक बोलाउने तयारी माओवादीले गरेको छ ।

माओवादीका एक स्थायी समिति सदस्यका अनुसार हालै सम्पन्न स्थायी कमिटी बैठकले एक व्यक्ति एक पदलगायतका विषयमा विधान संशोधन गर्नुपर्ने भएकाले भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बस्ने निर्णय भएको छ । 

माओवादी केन्द्रमा एक व्यक्ति एक पदको अवधारणा लागु गर्ने यसअघि नै निर्णय गरिसकेको छ । हाल एकै व्यक्ति विभिन्न पदमा दोहोरिएको सन्दर्भमा अब भने पार्टीले एक व्यक्ति एक पदको अवधारणा लागू गर्न लागिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप