ad

बिल्बाओ र एस्पान्योलको बराबरी

person explore access_timeकात्तिक १०, २०७८ chat_bubble_outline0

स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओ र एस्पान्योलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एस्पान्योलको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बिल्बाओले १० खेलाडीमा समेटिएको एस्पान्योलसँग अंक बाँडेको हो ।


प्रतिस्पर्धात्मक खेलमा एस्पान्योलका लागि राउल डे टोमसले गोल गरे । बिल्बाओका इनाकी विलियम्सले बराबरी गोल फर्काए । राउलले ३३औँ मिनेटमा पेनाल्टी मार्फत सुरुवाती गोल गरेका थिए । डिबक्सभित्र बिल्बाओका मिकेल भेसगाले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीलाई राउलले सदुपयोग गरेका थिए ।



बिल्बाओले दोस्रो हाफको सुरुवातमा बराबरी गोल फर्कायो । ५२औँ मिनेटमा इनाकीले इनीगो लेक्वेको पासमा बराबरी गोल गरेका थिए । खेलको अन्तिममा एस्पान्योलका राउल डे टोमस रातो कार्ड पाउँदै बाहिरिएका थिए ।



५४ प्रतिशत बल पासेसन राख्न सफल बिल्बाओले २३ वटा पोस्ट प्रहार गरेपनि जित निकाल्न सकेन । यता ४६ प्रतिशत बल पोसेसन राखेको एस्पान्योलले पनि १४ वटा पोस्ट प्रहार गरेको थियो । एस्पान्योलका डिएगो लोपेज ‘म्यान अफ दी म्याच’ भए ।



बराबरीसँगै बिल्बाओ सातौं स्थानमा छ । १० खेलमा चार जित, पाँच बराबरी र एक हार खेपेको बिल्बाओको १७ अंक छ । ११ खेल सकेको एस्पान्योल १४ अंक सहित १०औँ स्थानमा छ ।



मंगलबार राति नै भएको अर्को खेलमा भिल्लारियल र काडिजले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीसँगै १२ अंक बनाएको भिल्लारियल १२औँ नै स्थानमा छ । आठ अंक बनाएको काडिज १७औँ स्थानमा छ ।



अर्को खेलमा यसअघि रेलिगेसनको दबाबमा रहेको डिर्पोटिभो अलाभेसले इल्चेलाई १–० गोलले हरायो । घरेलु मैदानमा अलाभेसलाई जिताउन मामाडोउ लाोउमा एनडियले ४७औँ मिनेटमा गोल गरेका थिए । जितसँगै अलाभेस १६औँ स्थानमा उक्लिएको छ । अलाभेसको १० खेलबाट नौ अंक पुगेको छ । पराजित इल्चे १० अंक सहित १५औँ स्थानमा छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।