काठमाडौँका एसएसपी सरुवाको निर्णय गुपचुप ?
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई त्यहाँबाट हटाउने निर्णय गरिएको छ । गृह मन्त्रालयले सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा भने उल्झन देखिएको छ ।
काँग्रेसभित्रको शक्तिकेन्द्रको स्वार्थ बाझिँदा निर्णय कार्यान्वयनमा समस्या देखिएको गृह प्रशासनका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए । मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई हटाएर गिरीलाई पठाउने निर्णय गरेका थिए । तर, निर्णय भएको थाहा पाएपछि अशोक सिंहले आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग राख्दै शक्तिकेन्द्रमा दौडेपछि गृहमन्त्री पछि हटेका छन् ।
‘एसएसपी सरुवाको निर्णय गोप्य राखिएको छ’ गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीसँग भने–‘सो निर्णय कार्यान्वयन हुन गाह्रो छ ।’ सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिए पनि उनले डीआईजी बढुवा अघि आफूलाई काठमाडौंमा राखिदिन मन्त्रीलाई दबाब दिएका छन् । सुदूरपश्चिमका नेतामार्फत राति नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर उनले सरुवा रोकाएको काँग्रेस वृतमा चर्चा छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत एसएसपी गिरी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन् । निर्मला पन्त प्रकरणमा अनुसन्धान गरेका गिरीले प्रहरी उपरीक्षक (एसपी) हुँदा पर्साको कमाण्ड गरेका थिए । यसबारे जिज्ञासा राख्दा गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंका प्रहरी प्रमुख फेर्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारे । धनुषा र सर्लाहीका भने प्रहरी प्रमुखहरु फेरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण