शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका एसएसपी सरुवाको निर्णय गुपचुप ?

बुधबार, १० कात्तिक २०७८, ०८ : २५
बुधबार, १० कात्तिक २०७८

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहलाई त्यहाँबाट हटाउने निर्णय गरिएको छ । गृह मन्त्रालयले सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा भने उल्झन देखिएको छ ।

काँग्रेसभित्रको शक्तिकेन्द्रको स्वार्थ बाझिँदा निर्णय कार्यान्वयनमा समस्या देखिएको गृह प्रशासनका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । सिंह २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका थिए । मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाणले सिंहलाई हटाएर गिरीलाई पठाउने निर्णय गरेका थिए । तर, निर्णय भएको थाहा पाएपछि अशोक सिंहले आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग राख्दै शक्तिकेन्द्रमा दौडेपछि गृहमन्त्री पछि हटेका छन् ।

‘एसएसपी सरुवाको निर्णय गोप्य राखिएको छ’ गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीसँग भने–‘सो निर्णय कार्यान्वयन हुन गाह्रो छ ।’ सिंहलाई भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिए पनि उनले डीआईजी बढुवा अघि आफूलाई काठमाडौंमा राखिदिन मन्त्रीलाई दबाब दिएका छन् । सुदूरपश्चिमका नेतामार्फत राति नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेर उनले सरुवा रोकाएको काँग्रेस वृतमा चर्चा छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत एसएसपी गिरी पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीका छोरा हुन् । निर्मला पन्त प्रकरणमा अनुसन्धान गरेका गिरीले प्रहरी उपरीक्षक (एसपी) हुँदा पर्साको कमाण्ड गरेका थिए । यसबारे जिज्ञासा राख्दा गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंका प्रहरी प्रमुख फेर्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारे । धनुषा र सर्लाहीका भने प्रहरी प्रमुखहरु फेरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप