बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बडिगाडको अध्यक्षमा कमलराज आचार्य

बुधबार, १० कात्तिक २०७८, ०७ : ४८
बुधबार, १० कात्तिक २०७८

नेकपा एमाले बडिगाड गाउँपालिकाको प्रथम गाउँ अधिवेशन ग्वालीचौरको खार बजारमा सम्पन्न भएको छ। अधिवेशनले कमलराज आचार्य (ग्वालीचौर) को अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यीय गाउँ कमिटीको गठन गरेको छ। जसको उपाध्यक्षमा इन्द्रजित थापा (दर्लिङ), सचिवमा दिनेश पुलामी थापा (दगातुन्डाडा), सहसचिवमा केशमाया छन्त्याल (जलजला) र महेन्द्र केसी (भिमगिठे) सहित सदस्यहरू रहेका छन् । राति अबेर सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो।

अधिवेशनले निवर्तमान सचिव दिनेश शर्माले प्रस्तुत गरेको राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन समेत सुझाव सहित पास गरेको छ। त्यस्तै अधिवेशनले नेकपा एमाले बडिगाडको इतिहास लेखन गर्नको लागि निवर्तमान अध्यक्ष गुणनिधि घिमिरेको संयोजकत्वमा १० वटै वडा कमिटीका अध्यक्षहरू रहेको कमिटी समेत गठन गर्ने निर्णय गरेको छ। बन्द सत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुनिल शेरचनको अध्यक्षता तथा जिल्ला कमिटी सचिव विष्णु भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप