मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

बुधबार, १० कात्तिक २०७८, ०७ : ०६
बुधबार, १० कात्तिक २०७८

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा  रहेको छ ।

बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही वाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप