कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग
बुधबार, १० कात्तिक २०७८, ०७ : ०५
कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो ।
प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत रु ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि जनही रु २५ हजार उपलब्ध गराएको कार्यक्रम संयोजक देवेन्द्र डङ्गोलले जानकारी दिए ।
संस्थाले कुष्ठरोगीको घर–घरमा गएर उक्त सहयोग उपलव्ध गराएको हो ।
“व्यवसाय सञ्चालनका लागि प्राविधिक सहयोग समेत गरेका छौँ”, डङ्गोलले भन्नुभयो । संस्थाले समाजमा कुष्ठरोगीप्रतिको विभेद अन्त्यका लागि जनचेतना जगाउने, स्वास्थ्य सरसफाई, स्वास्थ्य सामाग्री वितरण गर्नेलगायत काम समेत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै