आर्सनल र चेल्सी काराबाओ कपको क्वार्टरफाइनलमा

लिड्सलाई पराजित गर्दै आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा क्यालम च्याम्बर्स र एडी निकेताले गोल गर्दै आर्सनलाई जीत दिलाए ।
उता, चेल्सीले पनि प्रतियोगिताको अन्तिम ८ मा स्थान बनाउन सफल बनेको छ । चेल्सीले साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा चेल्सी ४–३ गोलले विजयी बन्यो ।
काइ हाभर्टजले पहिलो हाफको अन्त्यतिर चेल्सीलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै चे एडम्सले बराबरी गोल फर्काएका थिए । त्यसपछि भने दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका लागि थियो वाल्कोट र विल स्मलबोन गोल गर्नबाट चुकेपछि रिस जेम्सले निर्णायक गोल गर्दै चेल्सीलाई जीत दिलाए । क्वार्टरफाइनलको ड्र शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर