एक जना मृत फेला, दुई बेपत्ता
बैतडीको पाटन–६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरी मंगलबार मृत फेला परेका छन् । पहरी स्थानीय गोइडा खोलामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
बजार जान्छु भनी सोमबार घर निस्केको र साँझ घर नफर्केपछि पहरीको शव मंगलबार बिहान गोइडा खोलामा डुबेको अवस्थामा फेला परेको हो । बाख्रा चराउन गएका गोठालाले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । पहरीको टाउको र शरीरमा चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
मृतक पहरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
यसैबीच नदीमा बगेर बेपत्ता भएका बैतडीका दुई जनाको अवस्था अज्ञात रहेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–५ का २९ वर्षीय गोपाल ओडको अवस्था अज्ञात रहेको हो । गोपाल कात्तिक १ गते माछा मार्ने क्रममा चौलानी नदीमा बेपत्ता भएका थिए ।
बेपत्ता ओडको खोजी कार्य जारी रहेको भए पनि अवस्था अज्ञात रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए । जमाडी खोलामा बच्चासहित हाम फालेकी डिलाशैनी–४ मठैराजका गोविन्द विष्टकी श्रीमती २८ वर्षीय जयन्ती विष्ट पनि अझै भेट्टिएकी छैनन् । यही कात्तिक २ गते पाँच वर्षीय छोरा सुभमसहित जयन्तीले जमाडी खोलामा हाम फालेकी हुन् ।
सुभमको शव भने दोगडाकेदार गाउँपालिका–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको छ । जयन्तीको अवस्था भने अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा