ad

इजलास नबस्दा सेवाग्राहीको प्रश्न : न्यायाधीशले बन्द गरेको हो कि वकिलले ?

person explore access_timeकात्तिक १०, २०७८ chat_bubble_outline0

सर्वोच्च अदालतमा मंगलबारका लागि तोकिएका इजलास बस्न नसक्दा सेवाग्राही अलमलमा परे। विभिन्न इजलासमा परेका मुद्दाका पक्ष–विपक्षहरू पुग्दा के भइरहेको छ भन्ने मेसै पाएनन्। मंगलबारका लागि मुद्दाको पेसी तोकिएकाले बराह नगरपालिका सुनसरीबाट आएका माया भुजेललगायत चारजना दिनभर सर्वोच्चमै अल्मलिए।


६७ वर्षीया भुजेल ‘आगो लगाई ज्यान मार्ने उद्योग’ मुद्दामा पेसीको खबर पुगेपछि सोमबार बेलुकी काठमाडौं आएकी थिइन्। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दा परेको थियो। ‘पाँच नम्बर इजलासमा मुद्दा परेको थियो। हामी इजलासमा गयौं। बेन्च बस्ने/नबस्ने जानकारी गराएनन्। अल्मलाएर राखे’, अदालत परिसरमा रहेकी भुजेलले नागरिकसँग भनिन्।



डाइबिटिजकी बिरामी भुजेलले औषधिको पोको देखाउँदै भनिन्, ‘न्यायाधीशले बन्द गरेको हो कि वकिलले ?’ समयमै आफूहरूलाई जानकारी दिएको भए अर्को दिनको पेसी लिएर घर जान सजिलो हुने उनले बताइन्। आफूहरू मुद्दाकै लागि टाढाबाट आएको, कोरोना संक्रमण डरको बेला होटलमा बस्नुपर्ने दुखेसो उनले सुनाइन्। आजको नागरिक दैनिकमा समाचार छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।