शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले अधिवेशन : रुपन्देहीका १६ स्थानीय तह मध्ये १०  मा सर्वसम्मत, अरूको प्रयास जारी

मङ्गलबार, ०९ कात्तिक २०७८, २२ : २१
मङ्गलबार, ०९ कात्तिक २०७८

नेकपा  एमालेको पालिका अधिवेशनअन्तर्गत रुपन्देहीमा १६ वटा स्थानीय तहमध्ये १० वटामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । बाँकीमा भोलि बिहान फेरि छलफल गरेर नेतृत्व चयन गर्ने तयारी भएको एमाले रुपन्देहीका अध्यक्ष  एवं बुटवल नगरपालिका मेयर शिवराज सुवेदीले रातोपाटीलाई बताए । यस अघि सबै पालिकाका वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको नेकपा एमाले रुपन्देहीमा पालिका स्तरमा भने धेरै आकाङ्क्षी देखिएपछि पार्टी नेतृत्वलाई मिलाएर लैजान सकस भएपछि ढिलाइ भएको हो । आज बाँकी स्थानीय रहेकालाई भोलि बिहान सम्म  सर्वसम्मत गराउने तयारी भएको सुवेदीले बताए ।

रुपन्देही एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको गृह जिल्ला  रुपन्देहीमा आकाङ्क्षीहरू धेरै देखिएपछि सर्वसम्मत बनाउनको लागि नेतृत्वलाई हम्मे हम्मे परेको कार्यकर्ताहरू बताउँछन् । विष्णु पौडेल आफै आज तीन बाट नगर अधिवेशनमा  उद्घाटनमा पुगेका  थिए ।

पार्टीको केन्द्रीय तहमा रहेका पौडेल र भुसाल अलग–अलग गुटमा रहेका कारण जिल्ला तथा पालिका तहमा त्यसको प्रभाव अहिले पनि कायम  कार्यकर्ताहरूको बुझाई रहेको छ । १० वाट सर्वसम्मत भएपनि भोलि देवदह , तिलोत्तमा , सिद्धार्थनगरलगायतमा सर्वसम्मत बनाउने प्रयास जारी रहेको एमाले रुपन्देही प्रचार विभाग संयोजक मोहन चापागाईँले रातोपाटीलाई बताए ।

 कुन स्थानीय तह कसको नेतृत्व

नेकपा (एमाले) बुटवल उपमहानगरपालिकाको अध्यक्षमा किसन ज्ञवाली सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा शोभाखर पोखरेल चयन चएका छन् ।

सचिव र उपसचिव कसलाई बनाउने विषयमा छलफल भइरहेको एक एमाले नेताले जानकारी दिएका छन् । यसअघि  नेकपा एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले अबको निर्वाचनमा एमाले विगतमा भन्दा गुणात्मक मतका साथ सबै तहमा जित हासिल गर्ने दाबी समेत गरेका थिए।  उनले एमालेले एकल बहुमतको सरकार बनाउने गरी चुनाव जितेर सिंहदरबार छिर्ने बताएका थिए ।

लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्षमा अहमद

नेपाली एमाले लुम्बिनी सांस्कृतिक नगरपालिकाको अध्यक्षमा निसार अहमद सर्वसम्मत चयन भएका छन् । यस्तै, उपसभापतिमा जग्दिश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोध र नगेन्द्र लोधसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन्

सैनामैना नगरपालिकाको अध्यक्षमा नारायण न्यौपाने

नेपाली (एमाले) सैनामैना नगरपालिकाको अध्यक्षमा नारायण न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

यस्तै, उपसभापतिमा टमबहादुर पूर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिव सविता भुसाल भण्डारी र लेखनाथ खनालसहित ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिए ।

यस्तै  सुदोधन गाउँपालिका विश्व गौतम अध्यक्षता नयाँ नेतृत्व चयन भएको छ । भने तिलोत्तमाको नगरपालिका ५३ सदस्य  सर्वसम्मत भएका  छन् बाँकी २३ पदाधिकारीहरूको लागि छलफल जारी रहेको छ । यस्तै आज  मर्चवारी , समरमाई मायदेवी लगायतका गाउँपालिका सर्वसम्मत भए पनि पदाधिकारीहरूको नाम अझै जिल्ला सम्म आउन बाँकी रहेको जिल्ला अध्यक्ष सुवेदीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप