शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा एमालेको पालिका अधिवेशन : बटेश्वर गाउँपालिका अध्यक्षमा रामखेलावन महतो

मङ्गलबार, ०९ कात्तिक २०७८, २२ : १४
मङ्गलबार, ०९ कात्तिक २०७८

प्रदेश २ को अधिकांश स्थानीय तहमा नेकपा एमालेले निर्धारण गरेको पालिका अधिवेशन हुन सकेको छैन । एमालेले निर्धारण गरे अनुसार एउटा पालिका मात्रै परिणाम सार्वजनिक भएको जानकारी प्राप्त भएको छ  ।

धनुषाको बटेश्वर गाउँपालिकाको प्रथम अधिवेशनबाट रामखेलावन महतोलाई अध्यक्षमा सर्वसम्मतले चयन गरिएको छ ।  मंगलवार सम्पन्न बटेश्वर गाउँपालिका अधिवेशनबाट उपाध्यक्षमा रमेश सिङजन, सचिवमा रञ्जित लामा, सह सचिवमा जगदीश महतो र उपसचिवमा बालकुमारी थापा मगरलाई चयन गरिएको छ ।

सो अधिवेशनबाट बटेश्वर गाउँपालिकाको पाँच वटै वडाबाट प्रतिनिधित्व हुने गरी ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको जनाइएको छ । सो अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठको प्रमुख आतिथ्य र बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको विशिष्ट आतिथ्यमा भएको थियो ।

यता धनुषाको मिथिला नगरपालिका, पर्साको वीरगन्ज महानगरपालिकालगायत केही स्थानीय तहमा भने अधिवेशन अझै पनि जारी रहेको जनाइएको छ । अधिकांश स्थानीय तहको केही वडामा कार्यकर्ताहरू बीच विवाद रहेकाले समयमै वडा अधिवेशन हुन नसक्दा स्थानीय तहको अधिवेशन हुन नसकेको एमालेले जनाएको छ ।

 एमाले धनुषा अध्यक्ष राजकिशोर यादवले भने, ‘केही वडामा अधिवेशन हुन सकेको छैन भने केही वडामा पार्टीले नै अधिवेशन गराउन सकेन ।’  एमाले जनकपुरधाम नगर समितिका अध्यक्ष श्याम पूर्वेका अनुसार जनकपुरधाम उपमहानगरमा २५ वटा वडा मध्ये ८ वटा वडामा वडा अधिवेशन हुन सकेको छैन । उनले जनकपुरधाम उपमहानगरको केही वडामा अधिवेशन नहुँदा जनकपुरधामको नगर अधिवेशन हुन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप