बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लेखनाथले सार्वजनिक गरे ‘हत्केलामा अट्ने मनुवा’

मङ्गलबार, ०९ कात्तिक २०७८, २० : ४६
मङ्गलबार, ०९ कात्तिक २०७८

साहित्यकार लेखनाथ भुसालले नयाँ पुस्तक ‘हत्केलामा अट्ने मनुवा’ सार्वजनिक गरेका छन् । लेखकले आफ्नो जीवनका आरोह–अवरोहलाई समेटेर यो पुस्तक तयार पारेका छन् । पछिल्लो समय जीवनगाथा, आत्मकथा, जीवनयात्रा, आत्मवृत्तान्त, जीवनीलगायत विभिन्न विषयमा पुस्तक प्रकाशन गर्ने चलन चलेको छ । लेखक भुसालले पनि आफ्नो जीवनका केही पक्षलाई किताबमा पस्किएका छन् ।

अत्केलामा अट्ने मनुवा, माजली घर, माध्यमिक शिक्षा अध्ययन, पहिलो पटक काठमाडौँ प्रवेश, उच्च शिक्षा अध्ययन, अध्ययन कालका अविस्मरणीय घटनाहरू, जागिरे जीवनको अभियान, स्नातकोत्तर अध्ययन, वैवाहिक जीवन, विदेश भ्रमण, सेवा निवृत्त जीवन र विविध पक्ष, स्वदेशको संस्मरण, विदेशको संस्मरण गरेर कुल १३ वटा शीर्षकमा लेखकले आफ्ना जीवनका आरोह–अवरोह प्रस्तुत गरेका छन् ।

कोरोना कालमा घरभित्र नै रहनुपर्ने बाध्यता र बाहिर घुमफिर, इष्टमित्रसँग भेटघाट आदि सबै गतिविधिबाट अलग्गिनु परेको समयको सदुपयोग गर्दै आफूले यो पुस्तक लेखेको भुसालले बताए । नेपाल राष्ट्र बैंकको उच्च पदमा कार्यरत रही अहिले सेवा निवृत्त जीवन बिताइरहेका लेखकका यस अगाडि विभिन्न मिडियामा कथा, लघुकथा, कविता लगायतले स्थान पाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप