मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शहीदको विषयलाई विवादित नबनाऔँ : पौडेल

मङ्गलबार, ०९ कात्तिक २०७८, २० : ४३
मङ्गलबार, ०९ कात्तिक २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विभिन्न चरणका आन्दोलनमा ज्यान गुमाएर राष्ट्रले शहीद घोषणा गरेको विषयलाई विवादित बनाउन नहुने बताएका छन् । इजरायल र नेपालबीचको ६१ औँ मित्रता दिवसको अवसरमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद तथा शान्ति पार्कमा वृक्षारोपण गर्दै उनले राष्ट्रिय आन्दोलन, समावेशी समानुपातिक प्रतिनिधित्वका लागि भएको आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति विवाद गर्न नहुने बताएका हुन् ।

पार्क निर्माणका लागि सरकारका पूर्वप्रधानमन्त्री, मन्त्रीहरूले बोलेको रकम कार्यान्वयनमा नआएको बताउँदै शिक्षा मन्त्रालयबाट बोलेको रकम कार्यान्वयनका लागि आफूले पहल गर्ने बताए । उनले भने, ‘यो पार्क हाम्रो सम्पत्ति, यसलाई संरक्षण गरिनुपर्छ, यसका लागि सरकार विभिन्न दातृ निकायसँग समन्वय आवश्यक छ ।’

सोही क्रममा युनेस्को सङ्ग्रालयको पनि मन्त्री पौडेलले अवलोकन गरेका थिए । कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हनन् गोदेर, पूर्वमन्त्री एवम् काँग्रेस नेतृ सुजाता कोइरालालगायतको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप