सुदूरपश्चिम - थप १४ जनामा कोरोना पुष्टि
मङ्गलबार, ०९ कात्तिक २०७८, २० : १८
सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ७५७ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तेह्र जनामा आरटी पीसीआर र एक जनामा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र महाकाली अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टीजेन विधिमार्फत दार्चुलामा एक जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै सोही अवधिमा प्रदेशभर पाँच जना कोरोनाबाट मुक्त भएका छन्, भने प्रदेशमा सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरकी ५० वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’