शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कराँते प्रशिक्षकले किशोरी ‘बलात्कार’ गरेको आरोप

मङ्गलबार, ०९ कात्तिक २०७८, १९ : ४०
मङ्गलबार, ०९ कात्तिक २०७८

काठमाडौँको सतुंगलमा कराँते सिकाउने ‘गुरु’ले आफूसँग कराँते सिक्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । सतुंगल डोजोमा कराँते सिकाउने ३५ वर्षीय सागर शाहीले बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले प्रहरीमा उजुर गरेका छन् । 

कैलालीको घोडाघोडी नगरपालिका–१० सुख्खड घर भएका शाहीले २०७८ भदौमा १६ वर्षीया किशोरीलाई सतुंगलमा बलात्कार गरेका हुन् । प्रशिक्षक शाही बिरुद्ध कालिमाटी स्थित महिला सेलमा उजुरी परेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 

किशोरीलाई प्रशिक्षक शाही र कराँते खेलाडी सन्देश बाँस्कोटाले रौतहटमा सामूहिक रूपमा पनि बलात्कार गरेको आरोप छ । १९ वर्षीय बाँस्कोटालाई काठमाडौँ प्रहरीले असोज १२ मा पक्राउ गरेको थियो । रौतहटको चन्द्रपुरमा आयोजित ‘मेयर कप राष्ट्रिय प्रतियोगिता–०७७’ मा सहभागी हुन जाँदा उनीहरूले सामूहिक रूपमा बलात्कार गरेका थिए । 

सन्देशलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको एसपी बस्नेतले बताए । ‘चन्द्रपुरमा २०७७ फागुन ८ मा दुईजनाले बलात्कार गरेको जाहेरी परेको छ,’ एसपी बस्नेतले भने–‘घटनाबारे हामी अनुसन्धान गरिरहेका छौँ ।’ ३५ वर्षीय सागर चाहिँ फरार छन् । काठमाडौँमा सागर शाहीले र चन्द्रपुरमा दुवैजना मिलेर सामूहिक बलात्कार गरेको किशोरीले प्रहरीलाई बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप