बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा एकैपटक ९८ शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मङ्गलबार, ०९ कात्तिक २०७८, १९ : ३७
मङ्गलबार, ०९ कात्तिक २०७८

साङ्ग्रिला डेभलपमेन्ट बैंकले एकैपटक अधिकतम ९८ शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी साक्षरता कार्यक्रमहरू सञ्चालन गर्न लागेको बैंकले कार्तिक ९ गते मात्र ९८ शाखा कार्यालयबाट यस्तो कार्यक्रम सम्पन्न गरेको हो । 

बैंकले विभिन्न शाखा कार्यालयहरू मार्फत विभिन्न स्कुल, कलेज, सामुदायिक सङ्घसंस्थाहरूमा आबद्ध रहेका विभिन्न व्यक्तिहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ । सो कार्यक्रम मार्फत बैंकले विद्यार्थी तथा अविभावकहरुलाई बचतको महत्त्व सिकाउने, बैङ्किङ कारोबार सम्बन्धी जन चेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यम द्वारा बैङ्किङ कारोबार गर्न सिकाउने, बैङ्किङ प्रणाली मार्फत आर्थिक कारोबार गर्न सन्देश प्रवाह गर्ने लगायतका बैङ्किङ सेवा सम्बन्धी जनचेतना शिक्षा प्रदान गरेको छ । 

देशभर रहेका सम्पूर्ण ९८ शाखा कार्यालयहरूबाट आजको दिन लगभग  ६ हजार ५०० जनाले उक्त कार्यक्रममा भाग लिएका र उक्त कार्यक्रम मार्फत स्थानीय जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा फाइदा पुगेको विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप