प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेमा कानुन व्यवसायीहरू एक मत
कानुन व्यवसायीहरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्नेमा एक मत देखिएका छन् । नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबराले गरेका कामहरू न्यायसम्मत नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षतविक्षत हुने भन्दै तुरुन्त राजीनामा दिनुपर्ने बताएका हुन् ।
जबरा प्रधानन्यायाधीश रहुञ्जेल कानुन व्यवसायीहरूले बहस नगर्ने भन्दै उनले अदालत र न्याय प्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताए । उनले भने, ‘प्रधानन्यायाधीशले न्याय प्रशासनमा सम्पादन गरेका कुराहरू न्यायसम्मत भएनन्, न्याय प्रशासन उपयुक्त भएनन् भनेर उहाँको कार्य क्षमताको विषयमा हामीले छलफल गरेर निष्कर्ष निकालेर संविधानमा स्वतः आफैँ हट्ने व्यवस्था राजीनामा दिएर जाने छ । अहिलेको प्रधानन्यायाधीश फेरी बसिरहँदा खेरीको अवस्थामा न्याय सम्पादनमा गम्भीर क्षतविक्षत हुने र गम्भीर दिशाबाट न्याय विचलित हुने अवस्थामा सबै कानुन व्यवसायीहरू पुग्नुभएको छ । यसमा कुनै राजनीतिक दलले उठाएको कुरा पनि होइन । उहाँ प्रधानन्यायाधीश नहुञ्जेलसम्म बहस गर्दैनौँ । यो कुरा बुझे हुन्छ । अदालत, न्याय प्रशासन चल्दैन । गतिरोधको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्दछ भन्ने हामीहरूको भएको छ । राजनीतिक लेनदेन प्रधानन्यायाधीशले गरेका हुन् भन्नेमा हामीहरू पुगेका छौँ । साँठगाँठ भएको तमाम कानुन व्यवसायीलाई लागेको छ ।’
अधिवक्ता टिकाराम भट्टराईले बारको सल्लाहकार समितिको बैठकमा बोल्ने ३७ जनामध्ये ३६ जनाले वर्तमान प्रधानन्यायाधीशले संवैधानिक दायित्व पुरा गर्न नसकेको र उनको कार्यकालमा न्यायिक विचलन आएको धारण राखेको जानकारी दिए । प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरूको समेत विश्वास जित्न नसकेको भन्दै उनले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेमा सबैको मत रहेको बताए । उनले भने – ‘न्यायपालिकाको गरिमा र प्रतिष्ठापनि उहाँले गिराउनु भो । त्यसैले उहाँको निरन्तरताले न्यायपालिकाको गरिमा र प्रतिष्ठा झन् खस्किने हुनाले उहाँले अविलम्ब राजीनामा गर्नुपर्छ भन्ने सुझाव रह्यो ।’ प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा नदिएमा देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी पनि अधिवक्ता भट्टराईले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण