शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १ करोड ४८ लाखमाथि पुग्यो

मङ्गलबार, ०९ कात्तिक २०७८, १९ : ००
मङ्गलबार, ०९ कात्तिक २०७८

पछिल्लो समय बैंकिङ तथा भुक्तानीको क्षेत्रमा विद्युतीय प्रणालीको प्रयोगमा तीव्रता आएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यस्तो प्रयोग मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या मात्र पछिल्लो समय १ करोड ४८ लाख ७२ हजार ६३४ जना पुगेको छ । 

यस्तै, इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या १२ लाख १० हजार ४३७, एटिएम कार्ड (डेबिट कार्ड) तथा क्रेडिट कार्डको प्रयोगकर्ताहरूको सङ्ख्या क्रमशः ९५ लाख ७० हजार ७९७ र २ लाख ४८२ जना पुगेको राष्ट्र बैंकले जनाएको छ । यो तथ्याङ्क गत भाद्र मसान्तसम्मको हो । 

योसँग पछिल्लो समय विद्युतीय भुक्तानीका अन्य साधनहरू पीएसओ, पीएसपी, फन्ड ट्रान्सफर तथा मनी ट्रान्सफर ई–सेवा, पे, वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको प्रयोगकर्ताहरूको सङ्ख्या समेत उल्लेखनीय मात्रमा वृद्धि भएको बैंकले जनाएको छ । 

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप