शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा इनारमा डुबेर एक युवकको मृत्यु

मङ्गलबार, ०९ कात्तिक २०७८, १७ : ५९
मङ्गलबार, ०९ कात्तिक २०७८

पोखरामा इनारमा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलबार बेगनास बसपार्कस्थित इनारमा कास्कीको अन्नपूर्ण गाउँपालिका–३ भदौरे देउरालीका अन्दाजी २२ वर्षीय राजु लामिछानेको शव भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयले इनारमा युवक डुबेको देखेपछि प्रहरीलाई खवर गरेकाले तत्कालै प्रहरी टोली घटनास्थल पुगेर मृतकको शव इनारबाट निकालेको थियो ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप