शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा राष्ट्रिय परिचय पत्र बनाउने टोलीको क्यामेरा चोरी

मङ्गलबार, ०९ कात्तिक २०७८, १७ : ४८
मङ्गलबार, ०९ कात्तिक २०७८

रुपन्देहीको कञ्चन गाउँपालिकामा फोटोसहितको राष्ट्रिय परिचयपत्र बनाउने टोलीको क्यामेरा नै चोरी भएको छ । प्रहरीले जिल्लाको  कञ्चन–४ अस्नैयामा अवस्थित रुद्रपुर माध्यमिक विद्यालयमा रहेको परिचयपत्र बनाउने केन्द्रबाट २ वटा डिएसएलआर क्यामेरा चोरी भएको  बताएको छ ।

विद्यालयमा परिचयपत्र बनाउने कोठाको ढोका फोडेर क्यामेरा चोरी भएको हो । विद्यालयमा रहेका चौकीदार हेमलाल राना खाना खानका लागि घरमा गएको मौका पारी ढोका फोडेर चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ । २ वटा क्यामेरा हालको बजार मूल्य अनुसार १ लाख ३० हजार पर्ने बताइएको छ ।  इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले चोरि घटनामा बारे  अनुसन्धान  शुरु भएको बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप