कनेक्ट आईपीएसमार्फत तीन महिनामा ४१ खर्बको कारोबार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित विद्युतीय भुक्तानी प्रणाली ‘कनेक्ट आईपीएस’ र आईपीएसमार्फत तीन महिनामा ४१ अर्ब रुपैयाँको कारोबार भएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासमा सो प्याटफर्म मार्फत ४१.२ खर्ब रुपैयाँ बराबरको १ करोड ७१ लाख भन्दा बढी कारोबारहरु प्रोसेस भई फर्छ्यौट भएको हो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा अधिकतम १०७ ले बढी हो ।
गत आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासमा कम्पनीले ईसीसीमा जम्मा २८.९ खर्ब अर्थात् २८ खर्ब ९ अर्ब रुपैयाँ बराबरको ४१ लाख ५३ हजार भन्दा बढी चेक कारोबार भएको जनाएको छ । यो अवधिमा बैंकका शाखा तथा एनपीआइबाट आईपीएसमा गरिने कारोबार नेपाली रुपैयाँमा ५.५ खर्ब बराबरको ३२ लाख ८६ हजार भन्दा बढी भएको कम्पनीले जनाएको छ ।
त्यस्तै, बैंक वित्तिय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्ट आईपीएस मार्फत ६.९ खर्ब बराबरको ९७ लाख ४७ हजार भन्दा बढीको कारोबारहरु भएको कम्पनीको भनाइ छ ।
विद्युतीय कारोबारको स्वीकार्यता तथा प्रयोग वृद्धिसँगै नेपाल राष्ट्र बैंकको विभिन्न मार्गनिर्देशले नेपालको विद्युतीय कारोबार पछिल्लो समयमा निकै बढ्दै गएको देखिन्छ । एनसीएचएलले आफ्ना सदस्य बैंक÷वित्तिय संस्थाहरु, पिएसपि, पिएसओ लगायत विभिन्न संस्थाहरुलाई विद्युतिय भुक्तानीमा ल्याउन आवश्यक पूर्वाधारहरुको विकास र विस्तार गर्दै आएको छ । यसै क्रममा हाल उपलब्ध भएका पूर्वाधारहरु समेतलाई पुनः प्रयोग र थप गरी एनसीएचएलले राष्ट्रिय भुक्तानी स्वीचको काम समेत अगाडी बढाएको छ । जसको पहिलो चरणको तयारी सकिएर लागू हुने चरणमा रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार