शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनीमा पराजुली

मङ्गलबार, ०९ कात्तिक २०७८, १५ : ४१
मङ्गलबार, ०९ कात्तिक २०७८

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेशको अध्यक्षमा  खिमनारायण पराजुली निर्वाचित भएका छन् । संगठनको दाङमा भएको दोस्रो प्रदेश अधिवेशनबाट बुटवल निवासी पराजुलीको अध्यक्षतामा ५१ सदस्यीय समिति सर्वसम्मत अध्यक्ष निर्वाचित भएको हो ।

संगठनको वरिष्ठ उपाध्यक्षमा खेम श्रीसमगर (रुपन्देही),उपाध्यक्षहरुमा गुप्तबहादुर राना (प्युठान),टंक बसयाल (बाँके), खुल्ला उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ (दाङ), महासचिव तारा रोकाय (बाँके), कोषाध्यक्षमा विष्णुप्रसाद पाण्डे (रुपन्देही) निर्वाचित भएको जनाएको छ ।

उपमहासचिवमा खिमानन्द पौडेल (कपिलवस्तु), सचिवहरूमा दधिराम सापकोटा (बाँके) र मोहनसिंह ठकुरी (अर्घाखाँची), सहकोषाध्यक्षमा नारदमणि पोखरेल (दाङ) तथा महिला विभाग प्रमुखमा मन्दिरा पाण्डे निर्वाचित भएका छन् । प्रदेशका १२ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी ३९ जना प्रदेश समिति सदस्य समेत सर्वसम्मत निर्वाचित भएको  निवर्तमान अध्यक्ष मनिषकुमार जोशीले बताए । अधिवेशनमा प्रदेशका १२ वटै जिल्लाबाट दुई सय ५० जना प्रतिनिधिको सहभागिता रहेको आयोजनको भनाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप