शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो...

मङ्गलबार, ०९ कात्तिक २०७८, १५ : ३७
मङ्गलबार, ०९ कात्तिक २०७८

इजिप्टका एक व्यक्तिको ६ महिना अघि निलेको मोबाइल फोन निकाल्नका लागि शल्यक्रिया गर्नुपरेको छ । इजिप्टमा यस्तो प्रकारको यो पहिलो घटना हो । अस्वनस्थित अस्वन युनिभर्र्सिटी हस्पिटलका डाक्टरले एक व्यक्तिको आन्द्राभित्र रहेको सानो मोबाइल फोनलाई आधा वर्षपछि शल्यक्रियामार्फत् निकालेका छन् ।

बिरामी एक कैदी हुन् । उनको नाम मोहम्मद इस्मेल मोहमेद हो । असाध्यै पेट दुखेपछि उनलाई अस्पताल लगिएको थियो । जहाँ सिटी स्क्यान गर्दा उनको आन्द्रामा केही बाहिरी पदार्थ भएको पत्ता लाग्यो । ती व्यक्तिलाई शल्यक्रियाका लागि तयार पारियो । डाक्टर उनको आन्द्रा भित्रको वस्तुलाई निकाल्न सफल भए जुन प्लास्टिक फोइलमा बेह्रिएको एउटा सानो मोबाइल थियो ।

प्रहरी नआएसम्म डाक्टरले प्लास्टिकको फोइल निकालेनन् । तर प्लास्टिक भित्र के थियो भनेर स्पष्ट थाहा थियो । बिरामीको अवस्था अहिले स्थिर भएको र उनले हाल साधारण तरिकाले खानपिन गरिरहेको बताइएको छ । उनले ६ महिना अघि मोबाइल फोन निलेको पुष्टि गरे । उनले यसअघि पनि यस्तो गर्दै आएको बताए तर यसपटक भने यो बाहिर निस्कन सकेको थिएन ।

मोहम्मदले डाक्टरलाई दिएको जानकारी अनुसार उनले यसअघि पनि साना मोबाइल निल्ने गरेको बताए । खोज तलासीको क्रममा सुरक्षाकर्मीले मोबाइल फोन भेटेपछि खोसिदिने डरले उनले थुप्रै पटक यसै गरी मोबाइल निलेका थिए । तर ती मोबाइल सधैं बाहिर निस्कने गर्दथे । उनले यसरी निस्किएको मोबाइल चार्ज गर्दथे र यसमार्फत् मानिसहरुसँग कुराकानी गर्दथे । जेलका सुरक्षाकर्मीले पुनः भेटेपछि उनले यसलाई फेरि पनि निले । यसपटक मात्रै उनले ६ महिनाभन्दा बढी समयपछि पनि मोबाइल बाहिर निकाल्न सकेनन् । तर यसमा उनले खासै चासो पनि दिएनन् । उनले साधारण तरिकाले  खानपिन गरिरहे ।

ती व्यक्तिका अनुसार उनलाई कहिल्यै पनि पेट फुलेको वा कब्जियत जस्तो भएन । तर एकदिन उनलाई असाध्यै पेट दुख्यो । त्यति नै बेला उनलाई अस्पताल लगियो । डाक्टरका अनुसार उनको आन्द्रा सुन्निएका थिए, संक्रमण पनि फैलिएको थियो । तर फोन प्लास्टिकको फोइलमा नबेह्रेको भए, स्थिति झनै खतरनाक हुन्थे ।

‘पेटमा फोनको उपस्थितिले आन्द्रामा बाधा निम्तिन सक्थ्यो, हामीले उनको आन्द्राको केही भाग नै काट्नुपर्ने सम्भावना पनि थियो तर सौभाग्यवश, यस्तो भएन,’ उनको शल्यक्रियामा समावेश मोहम्मदले स्काई न्यूज अरेबियालाई भने ।

जेलभित्र स–साना मोबाइल निल्नु साधारण कुरा हो तर ६ महिनासम्म पेटमा लिएर बाँच्नु भनेको साधारण कुरा होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप