शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँमा आजबाट एस्ट्राजेनिका खोपको दोस्रो मात्रा

मङ्गलबार, ०९ कात्तिक २०७८, १५ : ११
मङ्गलबार, ०९ कात्तिक २०७८

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले आजदेखि कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन थालेको छ । साउनदेखि असोज महिनासम्म एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्राको खोप लगाउन थालिएको कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । एस्ट्राजेनिका खोप लगाएका व्यक्तिलाई कोभिसिल्ड लगाउन थालिएको हो । एस्ट्राजेनिका र कोभिसिल्ड एउटै फर्मुलाबाट बनेको खोप हुन् । उनका अनुसार काठमाडौँ जिल्लाका सबै स्थानीय तहका वडा कार्यालयबाट खोप लगाउन थालिएको हो । 

काठमाडौँ महानगरपालिकाको वडा बाहेक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप लगाइने छ । करिब ८६ हजार १४२ जनालाई यसचरणमा खोप प्रदान गर्न थालिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप