बाँकेबाट लागु औषधसहित एक पक्राउ
मङ्गलबार, ०९ कात्तिक २०७८, १४ : ५३

बाँकेको नेपालगन्जबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाबाट करिब १५ ग्राम अवैध लागु औषध ब्राउनसुगर सहित काभ्रेपलाञ्चोकको महादेवस्थान गाउँपालिका–३ बस्ने ३४ वर्षीय मान बहादुर रोकालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट आउँदै गरेका उनलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो ।
लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनी पक्राउ गरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर