शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चालु खाता १ खर्बले घाटामा, शोधनान्तर स्थिति पनि घाटामा

मङ्गलबार, ०९ कात्तिक २०७८, १४ : ३८
मङ्गलबार, ०९ कात्तिक २०७८

चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सरकारको चालु खाता १ खर्ब ६ अर्ब ७५ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ले भदौ महिनासम्म चालू खाता १ खर्बले घाटामा रहेको बताएको हो । 

अघिल्लो वर्षको यही अवधिमा चालू खाता २५ अर्ब १६ करोड रुपैयाँले बचतमा थियो । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलरमा २१ करोड डलरले बचतमा रहेको चालू खाता समिक्षा अवधिमा ९० करोड १५ लाख डलरले घाटामा छ ।

यो अवधिमा शोधनान्तर स्थिती ८३ अर्ब ४१ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिती ६७ अर्ब ६३ करोडले बचतमा थियो । अघिल्लो वर्षको यही अवधिमा स्थिती ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिती समिक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा छ । यसैगरी, यो अवधिमा वैदेशिक लगानी २४.६ प्रतिशतले बढेर ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप