बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पिताले बिस्फोटमा खुट्टा गुमाए, छोरा हात–खुट्टा बिना नै जन्मिए : हौसला बढाउने एउटा यस्तो तस्बिर

मङ्गलबार, ०९ कात्तिक २०७८, १४ : ३०
मङ्गलबार, ०९ कात्तिक २०७८

टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्बिर खिचेका छन् जसले धेरैलाई भावुक बनाउन सक्छ । यो तस्विरले भावुक मात्रै बनाउँदैन यसले जीवनमा हारिसकेका मानिसहरुको हौसला बढाउने कामसमेत गर्छ । यो तस्बिर मार्फत् एक बाबु–छोराको प्रेम देखाइएको छ जो असंख्य समस्या र पीडाबीच पनि हाँसिरहेका छन् । यो तस्विरलाई वर्षको सर्वश्रेष्ठ फोटोको रुपमा चुनिएको छ ।

मेहमन असलनको यो तस्बिर सिरिया–टर्की सीमामा हेटे प्रान्तको रेहनालीमा बसिरहेका एक सिरियाली शरणार्थी बाउ–छोराको खुसी देखाइएका ेछ । तस्बिरमा बाउ, छोरा दुबै अपाङ्ग देखिएका छन् तरपनि उनीहरु मुस्कुराइरहेका छन् । त्यसैले यो तस्बिरलाई सिएना इन्टरनेशनल अवार्डस् २०२१ मा ‘फोटो अफ द इयर’ चुनिएको छ ।

 यो तस्बिरमा देखिएका पिताले सिरियाको एउटा बजारमा भएको बम बिस्फोटमा आफ्नो खुट्टा गुमाएका थिए जबकी गर्भवती श्रीमती गृहयुद्धकै बेवा एउटा विषालु ग्यासको सम्पर्कमा आएकी थिइन् जसका कारण छोरा हात–खुट्टा बिना नै जन्मिए । पिताको एउटा खुट्टा छैन भने छोराको हात–खुट्टा दुबै छैनन् । मेहनल असलनले यी बाउ–छोराको यो खुसीलाई आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् ।

सिरियाको स्थिति असाध्यै खराबः

सिरिया एक दशकभन्दा बढी समयदेखि गृहयुद्धसँग जुधिरहेको छ । आज यतिबेला संसारको सबैभन्दा ठूलो शरणार्थी संकट सिरियामा छ । सिरियामा ११ वर्षदेखि जारी हिंस्रक लडाईंले थुप्रै शहर बर्बाद भएका छन् । मानिसहरु आफ्नो घर छोडेर भाग्न बाध्य छन् । यी ११ वर्षमा ६६ लाख सिरियाली जनता शरणार्थीको जीवन बाँचिरहेका छन् । सिरियाबाट २६ लाख मानिस टर्कीमा, ८ लाख लेबनानमा, ६ लाख जोर्डनमा, साढे दुई लाख इराकमा, १ लाख ३० हजार इजिप्टमा शरण लिइरहेका छन् । सिरिया युद्ध सुरु भएपछि लाखौँले यूरोपमा शरण मागेका थिए । थुप्रै देशले हज्जारौंलाई शरण पनि दिए । तर एक दशकपछि पनि यी मानिसहरु शरणार्थी शिविरमा बस्न बाध्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप