हिजो पाकिस्तानी शैलीमा सरकार ढाल्नेहरू आज पोल खोलाखोलमा छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले राज्यका तीनवटै निकायहरू अशक्त भएको बताएका छन् । उनले न्यायाधीशहरु आफैँ पोल खोला–खोलमा लागेको तथा संसद् असफल भइरहेको बताए । सरकार सम्पूर्ण रूपमा असफल भएको आरोप पनि उनले लगाए ।
‘राज्यका निकायहरू मर्यादित हुनुपर्छ । शक्ति पृथकीकरणको आधारमा चल्नुपर्छ । सम्मानित अदालतले हेर्ने भनेको संविधानको प्रयोग सही भएको छ कि छैन भने समुचित व्याख्या गर्ने हो । हिजो पाकिस्तानी शैलीमा परमादेशबाट सरकार बनाउने र हटाउने कुरा गरियो । अहिले श्रीमान् न्यायाधीशहरु नै विगतमा कसले के–के गर्नुभएको थियो भनेर उधिन्न थाल्नुभएको छ,’ ओलीले भने उधिन्न जाँदा के–के रहेछ भन्ने देखिन थालेको छ । पाँचैजनाले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्याउनु भएको छ । एकजनाले किन राजीनामा गर्नुहुन्छ ? पाँचैजनाले राजीनामा गरे हुन्न ।’ निष्पक्ष भूमिका निभाउनुपर्ने सभामुखले एमालेलाई सिध्याउनका लागि नाङ्गो षडयन्त्र गरिरहेको पनि उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’
-
धनगढीको मुख्य सडक विस्तारमा बजेट अभाव
-
उपाधि जिताएको १६ दिनपछि पोस्टेकोग्लू बर्खास्त, को बन्ला नयाँ म्यानेजर ?
-
नेमान्जा माटिचलाई दुई खेलको प्रतिबन्ध
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री