ताजा जनादेश रोक्नु हत्केलाले सूर्य छेकेजस्तो : ओली
मङ्गलबार, ०९ कात्तिक २०७८, ०८ : ००
नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीनवटै तहको चुनावका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पालिकास्तरीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले ढिलो–चाँडो तीनवटै तहको चुनाव हुने बताए ।
‘ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेकेजस्तै हो । फेरि त जानुपर्छ । अब हामी चुनावतर्फ जाँदैछौं । तीनै तहका चुनावका लागि तयार रहनुपर्छ,’ ओलीले भने । उनले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै भएको बताए । ‘बाँकी पार्टीहरू त साना तिना स्वार्थमा अल्झिएका छन् । जनताका लागि सोच्ने, लोकतन्त्र र संविधानको रक्षा र कार्यान्वयनका विषयमा सोच्ने एमालेमात्रै हो,’ ओलीले भने,‘विगतमा हाम्रो विरुद्ध षड्यन्त्र हुँदा पनि हामी जिम्मेवार भूमिकामा प्रस्तुत भयौं । फेरि पनि जिम्मेवार भूमिकामै हुनेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण