शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईपिएल खेल्ने टोलीको संख्या १० पुग्यो, यसले कस्तो प्रभाव पार्छ ?

मङ्गलबार, ०९ कात्तिक २०७८, १२ : ३८
मङ्गलबार, ०९ कात्तिक २०७८

आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा दुई नयाँ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् । आरपिएसजी भेन्चर्सले लखनऊ र सिभिसी क्यापिटल पार्टनर्सले अहमदाबादमा नयाँ टिम बनाउनेछ । आईपिएलमा अब १० टिम हुनेछन् । प्रतियोगितामा कुल ७४ वटा प्रतिस्पर्धा हुनेछन्, प्रत्येक टिमले ७ वटा होम र ७ वटा अवे म्याच खेल्नेछन् । भारतीय क्रिकेट बोर्ड बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले भने, ‘अब आईपिएलमा दुई नयाँ शहर लखनऊ र अहमदाबादका टोली पनि हुनेछन् ।’

के प्रभाव रहन्छ ?
आईपिएलमा १० टिमले प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक होइन । एक दशकअघि पनि १० वटा टिम थिए । अर्थात्, प्रतियोगिता अब २०११ कै फम्र्याटमा फर्कनेछ । र, १० वटा टिमहरू दुई समूहमा विभाजित हुनेछन् । आफ्नो समूहमा प्रत्येक टिमले अन्य ४ टिमविरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ । होम एन्ड अवे गरेर उनीहरुले समूह चरणमै आठ खेल खेल्नेछन् । त्यसपछि अर्को राउन्डमा ६ खेल खेल्नेछन् ।  
पछिल्लो पटक २०१३ मा आठभन्दा धेरै टिमले प्रतिस्पर्धा गरेका थिए । यतिबेला ९ टिम सहभागी थिए र कुल ७६ खेल भयो । 

खेलाडी व्यवस्थापनमा यसले के असर गर्छ ?
खेलाडीको खरिद–बिक्री वा क्लबमै राख्ने विषयमा आईपिएलले अहिलेसम्म केही धारणा बाहिर ल्याएको छैन । तर, कुनै पनि टिमले बढीमा चार खेलाडीलाई क्लबमै राखिरहन पाउने प्रावधान लागु हुनेजस्तो देखिन्छ । अक्सनअघि ड्राफ्ट प्रणालीबाट नयाँ दुई फ्रेन्चाइज क्लबले पनि समान संख्यामा खेलाडीहरु किन्न पाउनेछन् । जतिबेला २०१६ मा राईजिङ पुने सुपर जाइन्ट र गुजरात लायन्सको साटो चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स लिगमा भित्रिएका थिए । त्यतिबेला यस्तै नियम लागु गरिएको थियो । 

के आठवटा फ्रेन्चाइज टिमको भ्यालुमा यसको प्रभाव रहन्छ ?
हो, दुई नवप्रवेशीले आफ्नो फ्रेन्चाईजसँग जति धेरै रकम दाबी गर्छन् । पुराना आठ फ्रेन्चाइजको ब्रान्ड भ्यालु पनि त्यति नै बढ्छ । यदि उनीहरुले क्लब बेच्न चाहेमा राम्रो पैसा कमाउन सक्छन् । जस्तो, दिल्ली क्यापिटल्सले २०१८ मा गरेको थियो । यतिबेला जिन्डाल साउथ वेस्ट (जेएसडब्ल्यु) ले जिएमआर ग्रुपसँग ५० प्रतिशत स्वामित्व लिएको थियो । यतिबेला दिल्ली फ्रेन्चाइजको मुल्य ११ सय करोड भारु देखिएको थियो र जेएसडब्ल्युले त्यसको आधा मुल्य ति-यो । 
एक विश्लेषकका अनुसार २००८ मा आईपिएल सुरु भएयता नै नयाँ क्लबहरु भित्रिँदा पुरानालाई फाइदा हुने गरेको छ । मानौं, नयाँ दुई फ्रेन्चाईजमध्ये प्रत्येकले ३ हजार करोड भारुमा क्लब किने भने बाँकी रहेका पुराना क्लबको मुल्य बढेर प्रति क्लब कम्तिमा २५ करोड भारु पुग्नेछ । र, यसपटक नयाँ फ्रेन्चाईज क्लबहरु ठूलो मुल्यमा बिक्री भएका छन् । लखनऊको मुल्य ७ हजार ९० र अहमदाबादको मुल्य ५ हजार ६ सय २५ भारु  छ । 

बिसिसिआईलाई यति ठूलो मुल्य तिर्नुको अर्थ यी नयाँ फ्रेन्चाईजहरुले नाफा कमाउनका लागि लामो समय कुर्नुपर्नेछ । फ्रेन्चाईजका लागि आम्दानीका तीन ठूला स्रोतहरु छन्  सेट्रल राईटस् इन्कम ( मिडिया अधिकारबापतको शेयर र केन्द्रीय प्रायोजन ), टिम प्रायोजक र टिकट बिक्रीबाट उठ्ने रकम । २०१७ मा मिडिया अधिकारबापत स्टार इन्डियाले बिसिसिआईलाई एकमुष्ट भुक्तानी गरेपछि आठवटा क्लबहरुले झन्डै प्रति क्लब २ सय करोड भारु कमाएका थिए । अब, दुई नयाँ क्लब थपिएपछि यो रकम बढ्नसक्ने अनुमान लगाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप