बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा पक्राउ

मङ्गलबार, ०९ कात्तिक २०७८, १२ : २९
मङ्गलबार, ०९ कात्तिक २०७८

 झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका–५, बारुङका ३३ वर्षीय कमल तामाङ पक्राउ परेका छन् । मंगलबार बिहान ६ बजे उनले आफ्नै घरभित्र परिवारका सदस्य राखी धामी बसी झारफुक गर्ने क्रममा आफ्नै बिरामी श्रीमती ३४ वर्षीय सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार तामाङकी श्रीमती बेलाबखत बेहोस हुने गरेको र सोही क्रममा झारफुक गर्ने क्रममा उनले श्रीमती र छोरीको हत्या गरेको बताइएको छ । घटनालगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट गएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप