शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको ‘हाइपरसोनिक’ मिसाइल परीक्षण : के हतियारको नयाँ दौडको सुरुवात हो ?

मङ्गलबार, ०९ कात्तिक २०७८, १२ : २०
मङ्गलबार, ०९ कात्तिक २०७८

चीनले केही समयअघि परमाणु हतियार जडान गर्न मिल्ने एक हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गर्‍यो । धेरैले यसलाई ठुलो उपलब्धि र हतियारको क्षेत्रमा ‘गेम चेञ्जर’ मानिरहेका छन् । यसबाट अमेरिकी अधिकारीहरू पनि चिन्तित रहेको बताइन्छ ।

चीनको सेनाले केही समयअघि दुई पटक यस्तो रकेट लञ्च गर्‍यो, जसले पुरै पृथ्वीको चक्कर लगाएपछि आफ्नो लक्ष्यलाई निशाना बनाएको थियो । फाइनान्सियल टाइम्सले पहिलोपटक यसबारे जानकारी प्रकाशित गरेको थियो । उसले गुप्तचर विभागका सूत्रको हवाला दिँदै पहिलोपटकको परीक्षणमा सो क्षेप्यास्त्र आफ्नो लक्ष्यभन्दा ४० किलोमिटर टाढा खसेको थियो ।

कयौँ अमेरिकी जानकार र नेताहरूलाई चिन्तित बनाउने यस रिपोर्टलाई चीनले भने गलत बताएको छ । उसले उक्त परीक्षण पुरानो अन्तरिक्ष यानलाई पुनः प्रयोग गर्नसँग सम्बन्धित रहेको बताएको छ । क्यालिफोर्नियाको मोन्टेरीमा डिडिलबरी इन्सटीट्यूट अफ इन्टरनेशनल स्टडिजमा इस्ट एसिया नन–प्रोलिफरेसन प्रोगामका निर्देशक जेफरी लुइस चीनको खण्डन ‘भ्रम पैदा गर्ने कदम’ मात्र भएको बताउँछन् । अमेरिकी अधिकारीहरूले प्राप्त जानकारीलाई सही भएको बताइसकेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् । चीनले एक अर्बिटल बम्बार्डमेन्ट सिस्टमलाई परीक्षण गर्नु प्राविधिक र रणनीतिक कारणले सम्भव भएको उनी बताउँछन् ।

आईसीबीएम र एफओबी के हो ?

आईसीबीएम एक लामो दुरीको क्षेप्यास्त्र हो जसले पृथ्वीको वातावरणलाई छाडेर पुनः फर्केर आफ्नो लक्ष्यलाई निशाना बनाउँछ । एफओबी अर्थात् फ्र्याकसनल अर्बिटल बम्बार्डमेन्ट सिस्टम मिसाइलले पृथ्वीको चारैतिर एक कक्ष बनाएर कुनै पनि दिशाबाट आफ्नो लक्ष्यलाई निशाना बनाउन सक्छ ।

फिलाडेल्फियाका वैदेशिक सम्बन्धबारे एक संस्थाका निर्देशक रहेका एरन स्टेन भन्छन्, ‘खबर र चीनको खण्डन दुवै सही हुनसक्छ । पुनः प्रयोग गरिने अन्तरिक्ष यान एक हाइपरसोनिक ग्लाइडर हुन्छ । यो मात्र ल्याण्ड गर्छ । कुनै ग्लाइडरले डेलिभरी गरिएको एक एफओबीले त्यही काम गर्छ जुन एक पुनः प्रयोग गरिने अन्तरिक्ष यानले गर्छ । त्यसैले दुवै समाचारमा अन्तर निकै कम छ । पछिल्ला केही महिनामा अमेरिकाका कयौँ वरिष्ठ अधिकारीहरूले चीनको यस्ता कदमबारे सङ्केत पनि गरेका थिए ।’

एफओबी नयाँ सिस्टम भने होइन । यो सोभियत संघको ‘आईडिया’ थियो जुन शीतयुद्ध ताका चर्चामा आएको थियो । चीन अब यसलाई प्रयोग गर्न खोजिरहेको छ । चीनले एफओबी प्रविधिलाई हाइपरसोनिक ग्लाइडरसँग जोडेको देखिएको छ । यो वातावरणको बाहिरी किनारामा तैरिन्छ । यसरी यो मिसाइल डिफेन्स सिस्टमसँग बच्न सक्छ । चीनले यसलाई मिलाएर नयाँ सिस्टम बनाएको छ । तर किन ?

चीनलाई के फाइदा हुन्छ ?

लुइस भन्छन्, ‘चीनलाई डर छ कि अमेरिका कयौँ तरिकाले आधुनिक परमाणु शक्ति र मिसाइल डिफेन्स प्रविधि प्रयोग गर्न सक्छ जुन उसको परमाणु डिफेन्सको तुलनामा धेरै छ । यदि अमेरिकाले चीनमाथि पहिले हमला गर्छ भने अलास्का डिफेन्स सिस्टमले चीनको बचेको परमाणु हतियारलाई सजिलै सामना गर्न सक्छ ।’

स्टेनका अनुसार अहिले हरेक ठूला देश हाइपरसोनिक सिस्टम बनाइरहेका छन् । तर यसबारे हरेकको नजरिया फरक छ । उनीहरुको नजरिया फरक भएकै कारण हतियारको दौड बढिरहेको छ । उनका अनुसार चीन र रुस दुवैले हाइपरसोनिक सिस्टमलाई मिसाइल डिफेन्सको तोडको रूपमा हेरेका छन् । 

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप