शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तीन दिनदेखि निरन्तर उकालो, आज २०० ले बढ्यो

मङ्गलबार, ०९ कात्तिक २०७८, १२ : ०४
मङ्गलबार, ०९ कात्तिक २०७८

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार पनि सुनको मूल्य बढेको बताएको छ । आइतबार ४०० र सोमबार ३०० ले बढेको सुनको मूल्य आज मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको हो । लगातार तेस्रो दिन बढेपछि आज छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य स्थिर छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ तोकिएको बताएको छ । चाँदीको मूल्य हिजो सोमबार पनि यही कायम थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप