शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राज कुन्द्राका लागि शिल्पाले काटिन् कपाल

मङ्गलबार, ०९ कात्तिक २०७८, ११ : ३३
मङ्गलबार, ०९ कात्तिक २०७८

पोनोग्राफी प्रकरणमा राज कुन्द्रा जेल परेपछि बलिउड अभिनेत्री शिल्पा शेट्टीको वैवाहिक सम्बन्धका विषयमा अनेक अड्कलबाजी भइरहेका थिए । राज जेल परेपछि शिल्पाले सम्बन्धविच्छेद गर्न सक्ने भनेर चर्चा चलिरहेको समयमा शिल्पाले राजका लागि कपाल नै खौरिएकी छन् । 

उनले पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेकी छन् । उनले सेयर गरेको भिडियोमा कपाल खौरिएको देख्न सकिन्छ । उनले टाउकोको तल्लो भागको कपाल खौरिएकी छन् । उनले राज कुन्द्रा जेलमा रहँदा उनको रिहाईको कामना गर्दै कपालको थोरै भाग खौरिने बाचा गरेकोले रिहाईपछि कपाल खौरिएको बताएकी छन् । 

 

शिल्पाका पति राजकुन्द्रा पोनोग्राफी प्रकरणमा जेल परेका थिए । उनी करिब २ महिना जेल बसेर रिहा भएका थिए । उनलाई सेप्टेम्बर २१ मा जेलमुक्त गरिएको थियो । उनलाई जुलाई १९ मा पक्राउ गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप