पाकिस्तानसँग हारेपछि धर्मको कारण निशानामा शमी
आईसीसी टी–२० विश्वकपको समूह चरणको खेलमा गत २४ अक्टोबरमा पाकिस्तानसँग १० विकेटको शर्मनाक हारेपछि भारतीय क्रिकेट टोलीका बलर मोहम्मद शमीलाई अनलाइन ट्रोल गरिँदैछ । धेरै ट्रोलरहरू उनलाई धर्मको कारण निशाना बनाइरहेका छन् ।
शमीको आलोचना भएपछि नेता तथा पूर्व क्रिकेटरहरू उनको समर्थनमा देखिएका छन् । काँग्रेस नेता राहुल गान्धीले शमीको समर्थनमा ट्वीट गरेका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘महोम्मद शमी हामी तपाईंको साथमा छौँ । यी मानिस घृणाले भरिएका छन् किनभने उनीहरूलाई कसैले माया दिएनन् । उनीहरूलाई माफ गरिदिनु होला ।’
Mohammad #Shami we are all with you.
— Rahul Gandhi (@RahulGandhi) October 25, 2021
These people are filled with hate because nobody gives them any love. Forgive them.
कोलकाताबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक द टेलिग्राफले राहुल गान्धी शमीको समर्थनमा आइरहँदा देशका प्रधानमन्त्री नरेन्द्र मोदीले भने मौनता साधेको भन्दै आलोचना गरेको छ । सोमबार रातिसम्म प्रधानमन्त्रीसहित कुनै पनि केन्द्रीय मन्त्रीले शमीको समर्थनमा कुनै पनि बयान जारी गरेका छैनन् ।
पूर्व क्रिकेटर सचिन तेन्दुलकर र वीरेन्द्र सहवागले पनि शमीप्रति समर्थन जनाएका छन् । अरूले भारतमा बढ्दो साम्प्रदायिक हमला सामान्य कुरा बनेकोमा चर्चा गरेका छन् । सचिनले सोमबार शमीको समर्थनमा लेखेका छन्, ‘जब हामी टीम इन्डियाको समर्थन गर्छौँ हामी उसलाई प्रतिनिधित्व गर्ने सबैको समर्थन गर्छौँ । मोहम्मद शमी प्रतिबद्ध र विश्व स्तरीय बलर हुन् । अन्य कुनै खेलाडी जस्तै उनको त्यो दिन खराब रह्यो ।’
When we support #TeamIndia, we support every person who represents Team India. @MdShami11 is a committed, world-class bowler. He had an off day like any other sportsperson can have.
— Sachin Tendulkar (@sachin_rt) October 25, 2021
I stand behind Shami & Team India.
शमीले पाकिस्तानसँगको खेलमा ३.५ ओभर बलिङ गर्दै ४३ रन खर्चेका थिए । पूर्व क्रिकेटर हरभजन सिंहले इन्डियन एक्सप्रेससँग भने, ‘शमीविरुद्ध जस्तो प्रतिक्रिया देखिरहेका छौँ, त्यो निकै बकवास हो । शमी च्याम्पियन हुन् र हाम्रो लागि गौरव हुन् । उनले कयौँ खेल जित्न महत्त्वपूर्ण भूमिका निभाएका छन् र हामीलाई गौरवान्वित गरेका छन् ।’ शमीको अनलाइन ट्रोल गरेको विषयलाई पाकिस्तानका मिडियाले पनि प्रमुखताका साथ समाचार प्रकाशित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी