शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागका डिजीलाई दुर्व्यहार गर्ने ३ जना पक्राउ

मङ्गलबार, ०९ कात्तिक २०७८, १० : ४०
मङ्गलबार, ०९ कात्तिक २०७८

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेलाई  दुर्व्यहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बुद्दनगरस्थित विभागमा महानिर्देशकको कार्यकक्षमा पसेर दुर्व्यहार गर्नेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा श्याम बहादुर सापकोटा, रत्नलाल तामाङ र रुद्र बहादुर थापा छन् । कात्तिक ७ मा उनीहरुले महानिर्देशक काफ्लेलाई गालीगलौज गरेर आक्रमणको प्रयास गरेका थिए । सार्वजनिक हित बिरुद्धको कसुरमा म्याद लिएर उनीहरुमाथि महानगरीय प्रहरी वृत बानेश्वरले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप