शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘चुरिफुरी’को आइटम गीत ‘ओइ ओइ पियारी’

मङ्गलबार, ०९ कात्तिक २०७८, १० : ३७
मङ्गलबार, ०९ कात्तिक २०७८

काठमाडौँ । फिल्म ‘चुरिफुरी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बिच फिल्मको ‘ओइ ओइ पियारी’ बोलको डन्सिङ नम्बर बाहिर ल्याइएको हो । फिल्ममा आइटम गीतको रुपमा प्रयोग गरिएको यो गीतमा ऋषिराज आचार्यको निर्देशन तथा निर्माणमा तयार भएको फिल्म भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको को गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर रहेको छ । दीपक शर्माको संगीत रहेको गीत निर्देशक आचार्य र शर्माले मिलेर लेखेका हुन् ।

गीतमा फिल्मका कलाकार अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, रविन्द्र झा, सुरवीर पण्डित लगायतको नृत्य देख्न सकिन्छ । अनमोल केसीको डुब्लिकेटको रुपमा चर्चामा छाएका अभिषेकले यही फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । 

निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको फिल्ममा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् । सोसल कमेडी जनरामा निर्माण भएको ‘चुरिफुरी’ को कथा, पटकथा र संवाद निर्देशक आचार्य स्वयंले तयार पारेका हुन् । राहुले राइको छायांकन, नविन निरौलाको सम्पादन रहेको फिल्मको रिलिज मिति आगामी पुस ९ लाई तोकिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप