शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजलास र सर्वोच्चको पूर्ण बैठक बहिस्कार गरेका १५ न्यायाधीशले प्रधानन्यायाधीशलाई भेट्दै

मङ्गलबार, ०९ कात्तिक २०७८, १० : २५
मङ्गलबार, ०९ कात्तिक २०७८

सर्वोच्च अदालतको पूर्ण बैठक बहिस्कार गरेका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्दैछन् । अदालतभित्र देखिएका विचलनमा प्रधानन्यायाधीश राणा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरूले अहिले साढे ११ बजेपछि प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यसूची रहेको छ ।

न्यायालयमा प्रधानन्यायाधीशका कारण बेथिति बढेको तथा कार्यपालिकामा समेत प्रधानन्यायाधीश जबराले भाग खोजेको भन्दै असन्तुष्टि जनाएका १५ न्यायाधीशले सोमबारको पूर्ण बैठक बहिष्कार गरेका थिए । अदालतभित्रको लफडाका कारण सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास समेत बस्न सकेको थिएन । सोही विषयलाई लिएर न्यायाधीशहरू र प्रधानन्यायाधीशबीच छलफल हुन लागेको बुझिएको छ ।

सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको चर्को दबाब छ । पूर्वन्यायाधीश फोरम, चार पूर्वप्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप