मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शाही ठाँटबाँट छोडेर जापानकी राजकुमारीले गरिन् कलेजका प्रेमीसँग विवाह

मङ्गलबार, ०९ कात्तिक २०७८, १० : १९
मङ्गलबार, ०९ कात्तिक २०७८

जापानको शाही परिवारकी राजकुमारी माकोले कलेजका आफ्ना साथी तथा प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । यो विवाहका लागि उनले आफ्नो शाही दर्जा पनि छोडिदिएकी छिन् । जापानको राजघरानाको नियमानुसार यदि शाही परिवारको कुनै सदस्यले यदि सर्वसाधारण व्यक्तिसँग विवाह गर्छन् भने उनले शाही दर्जा त्याग्नुपर्छ । यी दुईको विवाह पछिल्लो तीन वर्षदेखि धकेलिँदै आएको थियो । नयाँ सौतेनी आमाका कारण आर्थिक विवाद निम्तिएका कारण उनीहरुको विवाह रोकिएको थियो ।

माको र विवाहको कागजात २५ वर्षकी राजकुमारी माको सम्राट अकिहितोकी नातिनी हुन् । २५ वर्षका केई एक कानूनी क्षेत्रका कर्मचारी हुन् । राजकुमारी माको र केई कोमुरो सन् २०१२ मा टोकियोको इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटीमा भेटेका थिए । यी दुई त्यहाँ सँगै पढ्दथे । जापानमा पर्यटनलाई प्रोत्साहन दिनका लागि केईले एकपटक ‘प्रिन्स अफ सी’ को रुपमा पनि काम गरेका थिए । 

जापानका राजकुमारी वा राजकुमारले सामान्य नागरिकसँग विवाह गरेका उनीहरुलाई लगभग १४० मिलियन येन हर्जना दिने गरिन्छ । तर माकोले उक्त हर्जना पनि लिन अस्वीकार गरेकी छन् । दोस्रो विश्वयुद्धपछि हर्जना नलिने उनी पहिलो राजकुमारी हुन् । मंगलबार (आज) बिहान राजकुमारी माकोले दरबार छोडेकी छन् । उनले राजदरबार छोड्नुअघि शिर निहुर्याएर पिता तथा जापानका राजा आकिसिनो र आमा किको बिदा मागेकी छन् । उनले आफ्नो बहिनी काकोसँग अंगालो मारेर बिदामा मागिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप