शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसी अस्पताल दुवाकोटमा उपचार सेवा पुनः सुरु

मङ्गलबार, ०९ कात्तिक २०७८, ०९ : ००
मङ्गलबार, ०९ कात्तिक २०७८

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा रहको काठमाडौँ मेडिकल कलेज (केएमसी अस्पताल)ले २४ घण्टा बिरामी उपचार गर्ने भएको छ ।  कोरोनाको कारण रोकिएको बिरामीको उपचार सेवा पुनः सुचारु भएको जानकारी दिन अस्पतालले हिजो सोमबार र आज मंगलबार गरेर दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

करिब एक वर्ष अगाडी अस्पतालको व्यवस्थापन परिवर्तन भएसँगै भक्तपुरमा रहेको यस अस्पतालले चिकित्सकको पढाई मात्र नभएर बिरामीको उपचार पनि गर्ने योजना बनाएको हो । मुख्य अस्पताल काठमाडौँ सिनामंगलमा रहेको अस्पतालले स्वास्थ्य शिविरमा आएका बिरामीको शल्यक्रिया गर्नु पर्ने भएमा ५० प्रतिशतसम्म छुट दिने अस्पतालका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए । 

अस्पतालले सम्पूर्ण रोगहरूको विशेषज्ञ चिकित्सकबाट परामर्श र उपचार गर्ने सो अवसरमा जानकारी दिएको छ । प्रसूति, नाक कान घाँटी, दन्त, छाला, हाड तथा नशालगायतका विभिन्न प्रकारका रोगहरूको उपचार भक्तपुरमै सुरु गर्ने तयारी अस्पतालले गरिरहेको छ । 

स्वास्थ्य शिविरको उद्घाटन गर्दै चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम प्रसाद मिश्रले चाँगुबासीलाई अस्पतालले जति सुविधा दिन्छ त्यति नै नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप