मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पराजित हुने डरले निर्वाचन सारेः नेता नेपाल

शनिबार, १० असार २०७४, २१ : ३७
शनिबार, १० असार २०७४

भीमदत्तनगर – पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरुले पराजित हुने डरले प्रदेश नं २ को निर्वाचन सारेको आरोप लगाएको छ । 

कञ्चनपुरको भीमदत्तनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउने नाउँमा काँग्रेस र माओवादी केन्द्रले चुनावमा पराजित हुने डरले प्रदेश नं २ मा असोज २ गतेका लागि निर्वाचन सारेको ठोकुवा गरे । 

प्रदेश नं २ को निर्वाचन सार्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँदै उनले पहिलो चरणमै सबै प्रदेशमा निर्वाचन गराउन सकिने अवस्था हुँदा पनि काँग्रेस र माओवादीले निर्वाचन गराउन नचाहेको बताए । ‘काँग्रेस र माओवादीले त सिङ्गै निर्वाचन सार्न खोजेका थिए,’ नेता नेपालले भने। 

मतदाताले सही पार्टी र सही उम्मेदवारको मूल्याङ्कन गर्ने बेला आएको बताउँदै उनले ७ नं प्रदेशलाई अगाडि बढाउन निर्णय लिनेबेला आएको धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप